Comments Add Comment

जान्हवीको ‘गुञ्जन सक्सेना’ डिजिटल रिलिज हुने

कोरोना भाइरसको कारण भारतमा लामो समयदेखि जारी लकडाउनका कारण बलिउड क्षेत्र पनि ठूलो असरबाट गुज्रिँदै आएको छ। बलिउडका कैयौं चलचित्रहरू रिलिजको प्रतीक्षामा छन् । छायांकन भइरहेका चलचित्रको सेटमा समेत असर परिसकेको छ।

तर निर्माण भएर रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरूले भने अन्य विकल्प सोच्न थालेका छन् ।

अहिले एकपछि अर्को बलिउड चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने क्रम बढेको छ । अब, नायिका जान्हवी कपुर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ पनि डिजिटल माध्यमबाट रिलिज हुने भएको छ । रिलिजको मिति तय गरिएको छैन ।

धर्मा प्रोडक्सनले बनाएको यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुन लागेको हो । निर्माता करण जोहरले चलचित्रलाई हलमा रिलिज नगर्ने बताएका छन् । गुञ्जन सक्सेनाको कथा एक महिलाको हो, जो भारतको एयर फोर्समा काम गर्थिन् । सन् १९९९ को कार्गिल लडाइँमा उनले सैनिकहरूको ज्यान जोगाएकी थिइन् ।

नायिका जान्हवी कपुर उनै महिलाको भूमिका चलचित्रमा निर्वाह गरेकी छिन् । यसअघि ‘गुलाबो सिताबो, शकुन्तलादेवी’ लगायतका चलचित्रका निर्माताले पनि डिजिटल रिलिज गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment