Comments Add Comment

माल्टा छानविन समितिले प्रतिवेदन बुझायो

बार्सिलोना । माल्टामा श्रमिक ल्याउन एनआरएनए पदाधिकारीहरु नै संग्लग्न रहे÷नरहेकोबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । एनआरएनए युरोप संयोजक नारायण आचार्यको नेतृत्वमा गठित माल्टा छानबिन समितिले मंगलबार संघको अन्तर्राष्ट्रिय सचिवालयमा प्रतिवेदन पठाएको हो ।

एनसीसी माल्टाका पदाधिकारी, आईसीसी सदस्य, नागरिक समाजको अगुवाहरु, पीडित, नेपाली राजदूतावास, पत्रकार, एनआरएनए केन्द्रीय पदाधिकारीहरुको छलफल र कुराकानीपछि तीन हप्ता लगाएर प्रतिवेदन तयार गरेको समितिले जनाएको छ ।

माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा’ शीर्षकमा अनलाइनखबरले समाचार छापेपछि एनआरएनए केन्द्रले नै छानबिनको प्रक्रिया अघि बढाएको थियो ।

समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए माल्टा कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरुको कुनै न कुनै प्रकृतिको संलग्नता देखिएको जनाएको छ । तर प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको छैन ।

समितिका संयोजक आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘एनसीसी माल्टाको निर्वाचित कार्यसमिति उपर गम्भिर आरोप र अधिकांश पदाधिकारी तथा सदस्यहरुको कुनै न कुनै प्रकृतिको संलग्नता देखिएको परिप्रेक्षमा छानविनलाई सहज र आगामी दिनमा निष्पक्ष र निष्कलंकित नेतृत्व चयनमा सहयोग पुर्याउने अभिप्रायले सामूहिक राजिनामा समेत पेश गरिसकेकाले एनआरएन अभियान शुद्धीकरणको लागि यो एक कोशेढुंगा साबित हुने निश्कर्षमा समिति पुगेको छ ।’

यो पनि पढ्नुहोस एनआरएनए माल्टा कार्यसमितिद्वारा सामूहिक राजीनामा

१० परिच्छेदमा रहेको प्रतिवेदनमा ७ वटा अनुसूचीहरु संग्लन रहेको समितिले जनाएको छ । छानविनका क्रममा सरोकारवालाहरुसँगको गरिएको कुराकानीको १७ घण्टा लामो भिडियो समेत पेश गरिएको छ ।

माल्टा कार्यसमितिलाई अब के गर्ने भन्ने विषयमा शनिबार बस्ने संघको अन्तर्राष्ट्रिय सचिवालय बैठकमा छलफल हुने छ । प्रतिवेदनको सुक्ष्म अध्ययन पश्चात संघले संस्थागत निर्णय गर्ने विश्वास छानविन समितिले लिएको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment