+
+

अझै सकिएको छैन कोरोनाको महामारी : फाउची

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १७:४५

२८ जेठ, काठमाडौं । अमेरिकाका कोरोना भाइरस (कोभिड-१९) विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले अझै कोरोना भाइरसको महामारी नसकिएको भन्दै चेतावनी दिएका छन् ।

उनले मंगलबार एक कन्फ्रेन्समा बोल्दै यो संकटलाई ‘सबैभन्दा नराम्रो सपना’ रहेको बताएका छन् । कोरोना भाइरसले चार महिनामा नै विश्वलाई तहसनहस पारिदिएको उल्लेख गरेका छन् । यति छोटो अवधिमा विश्वका लाखौं मानिस संक्रमित भएको उल्लेख गरे ।

फाउचीले विश्वभर यो भाइरसको महामारी फैलिनुको कारण रोगको संक्रमण फैलिने क्षमता र संक्रमित मानिसको विश्वभरको यात्रा मुख्य कारण रहेको बताए । उनले यसको खोप छिटै नै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ७० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने चार लाखभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?