+
+
Shares

‘कुल्ली नम्बर १’मा मास्क लगाएका वरुण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ११:५०

लकडाउनका कारण बलिउडका थुप्रै चलचित्रको प्रदर्शन मिति पछि धकेलिएको छ । केही निर्माताले हल खोल्ने समयसम्म प्रतीक्षा गर्न नसकेपछि डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न थालेका छन् । तर महँगो बजेटमा बनेका चलचित्रका मेकरले भने हल खुल्ने समयकै प्रतीक्षा गरिरहेका छन् ।

नायक वरुण धवन नयाँ चलचित्र ‘कुल्ली नम्बर १’ रिलिजका लागि उत्साहित छन् । तर यो चलचित्र कहिले हलमा लाग्छ भन्नेबारे पक्का भएको छैन । तर कोरोना भाइरसको संक्रमणको समयमा चलचित्रको निर्माणपक्षले एउटा पोस्टर सार्वजनिक गरेको छ । जहाँ नायक वरुण धवनले मास्क लगाएका छन्।

उनले ट्विटरमा यो पोस्टर सार्वजनिक गर्दै लेखेका छन्–‘हामी हँसाउनका लागि आउने छौं, यो हाम्रो बाचा भयो ।’

यो चलचित्रमा वरुणले ‘राजु’ नामको पात्रको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रलाई डेविड धवनले निर्देशन गरेका हुन् । नायक गोविन्दा र नायिका करिश्मा कपुर अभिनित चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकको रुपमा यो चलचित्र निर्माण भएको हो।

यो चलचित्रलाई मे २ बाट विश्वव्यापी रिलिज गर्ने तयारी यसको निर्माण पक्षको थियो । तर लकडाउनका कारण चलचित्र निर्धारित समयमा रिलिज हुन पाएन। चलचित्रमा वरुणको जोडीको रुपमा नायिका साराअली खानले काम गरेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?