
३० जेठ, काठमाडौं । सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न दिएको छ । दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ ।
मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यावहारिक नभएको उनीहरूको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने आफूहरूले सरकारी निर्णयको कार्यान्वयन गरेको बताउँछन् । मोटरसाइकलको सन्दर्भमा जोर–बिजोरसम्बन्धी नियम लागु हुने या नहुने भन्ने पनि अन्यौल छ ।
ढकालले भने, ‘केही विषयमा अन्यौल सिर्जना भएका छन्, जिल्लामा रहेको सीसीएमसीमा छलफल गरेर टुङ्गोमा पुग्छौं ।’
शुक्रबार जोर–बिजोरको नियम उल्लङ्घन गरेको आरोपमा तीन सय जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–बिजोरको नियम लागु भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4