+
+

अप्रिलमा बेलायतको जीडीपीमा २०.४ प्रतिशतको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १५:०९
लकडाउनको समयमा सुनसान बनेको सडक ।

३० जेठ, काठमाडौं । गत अप्रिल महिनामा बेलायतको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २० दशमलव ४ प्रतिशत गिरावट आएको छ । बेलायतको अफिस फर नेशनल स्ट्याटिस्टिक्स (ओएनएस)ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९९७ मा शुरु गरिएको मासिक गणनायताकै यो सबैभन्दा ठूलो मासिक गिरावट हो ।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि लगाइएको लकडाउनको कारण बेलायतको अर्थतन्त्र प्रभावित बन्न पुगेको हो ।

ओएनएसका अनुसार अप्रिलमा अर्थतन्त्रको अधिकांश क्षेत्रमा गिरावट आएको छ । ओएनएसका अनुसार फेब्रुअरीदेखि अप्रिलसम्मको तीन महिनामा अघिल्लो तीन महिनाको तुलनामा बेलायतको जीडीपीमा १० दशमलव ४ प्रतिशतको कमी देखिएको छ ।

अपि्रलभन्दा पहिला नै बेलायती अर्थतन्त्रमा गिरावट आउन थालेको थियो । सन् २०२० को सुरुआती तीन महिनामा अघिल्लो तीन महिनाको तुलनामा बेलायतको जीडीपी २ प्रतिशतले घटेको थियो ।

विश्लेषकहरुले बेलायतको लागि अप्रिल महिनामा देखिएको गिरावट सबैभन्दा ठूलो हुने बताएका छन् । मे महिनादेखि बेलायतले लकडाउन खुकुलो पारेको कारण तुलनात्मकरुपमा मे महिनामा अर्थतन्त्रमा केही सुधार आउने अपेक्षा छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?