Comments Add Comment

कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना पोजिटिभ

३० जेठ, काठमाडौं । कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको छ । बिमा गराएका एक जनाले नेको इन्स्यारेन्स र २ जनाले एनएलजी इन्स्यारेन्समा दाबी पेश गरेको निर्जीवन बिमक संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए ।

दाबी गरेकामध्ये एक जनाको भुक्तानी समेत भइसकेको छ । कृषि विकास बैङ्कमा कार्यरत एक व्यक्तिको पीसीआर परीक्षण गराउँदा पोजिटिभ देखिएपछि उनलाई एक लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

ती व्यक्तिको कृषि विकास बैङ्कमार्फत नै नेको इन्स्योरेन्समा सामूहिक बिमामा भएको थियो । उता थप दुई जनाको भने भुक्तानी हुने प्रक्रियामा रहेको महासचिव क्षेत्रीले जानकारी दिए ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ।

बिमाको अवधि एक वर्ष हुनेछ। बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment