+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खाद्य व्यवस्था कम्पनीको अनलाइन होम डेलिभरी उपत्यकाभरी

इन्डक्सन चुल्हो फेरि बेचिने

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ जेठ ३० गते १८:४९

३० जेठ, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको होम डेलिभरी सेवा काठमाडौं उपत्यकाभरि विस्तार हुने भएको छ । यसअघि चक्रपथभित्र मात्रै सेवा दिईरहेको सरकारी कम्पनीले अनलाइन डलिभिरी सेवा प्रदायक निजी कम्पनी सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो ।

व्यापार साझेदारीका लागि सस्तोडीलसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिन्छ, उपभोक्ताको अर्डर आएपछि हाम्रो गोदाममा आएर उहाँहरुले डेलिभरी दिनुहुन्छ,’ सीईओ सुवेदीले थपे ‘यसरी डेलिभरी दिंदा अर्डरको रकम खाद्य कम्पनीकै बैंक खातामा जम्मा हुन्छ ।’

एक दुई दिनमै सस्तो डिलमार्फत उपत्याकाभरि डेलिभरी सेवा सुरु हुने उनले जानकारी दिए । उपभाक्ताको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागिएको र लकडाउन अवधिभर सस्तो डिलले कुनै शुल्क नलिने सहमति भएको पनि कम्पनीले जनाएको छ ।

तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएको अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको सीईओ सुवेदीले बताए ।

सरकारी उत्पादन थपिँदै

होम डेलिभरीको दायरा बढाएसँगै कम्पनीले साल्ट ट्रेडिङको आयो नुन र गहुँको पिठो, दुग्ध विकास संस्थानको घीउ पनि बिक्री थाल्ने भएको छ । यस्तै जडिबुटी कम्पनीबाट उत्पादित स्यानिटाइजर पनि अनलाइन बिक्रिमा राख्न प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

यस्तै बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन बिक्रीको तयारी पनि अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ । सरकारी स्वमित्वको कम्पनीले पहिलोपटक चैत्र २६ गतेदेखि नेपाल फुड डट जीओभी डट एनपीबाट अनलाइन सेवा सुरु गरेको थियो । कम्पनीले हालसम्म १३ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य वस्तु अनलाईमार्फत बिक्री गरिसकेको जनाएको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?