Comments Add Comment

सीपीएल अगष्टदेखि सुरू हुने, खेलाडीको तलब ३० प्रतिशतसम्म कटौती

३१ जेठ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को यस सिजन पूरै ट्रिनिडाड एन्ड टोबागोमा गरिने भएको छ । सीपीएलको आयोजकले अगष्ट १८ देखि १० सम्म लिग आयोजना गर्ने तयारी गरिरहेको ईएसपीएनक्रिकइन्फोले जनाएको छ । लिगका लागि सरकारको अनुमति लिनुपर्नेछ ।

सीपीएलका अपरेसन म्यानेजर माइकल हलले स्टेकहोल्डरहरुलाई सम्बोधन गर्दै सीपीएल हुन्छ भने ट्रिनिडाड एण्ड टोबागोमै हुने लेखेका छन् । उनले क्यारेबियन क्षेत्रमा यही राष्ट्र कोरोना भाइरस महामारी रोक्न सबैभन्दा सफल राष्ट्र भएको भन्दै उनले त्यसो भनेका हुन् । उनले त्यहाँ अप्रिल ३० यता १ मात्र केस देखिएको र अहिलेसम्म जम्मा ११७ केस मात्र देखिएको जनाएका छन् ।

खेलहरु क्लोज डोरमा गराउने तयारी छ । यस्तै २०१९ को तुलनामा खेलाडीहरुको तलबमा पनि ३० प्रतिशतसम्म कटौती हुने छ ।

२० हजार डलर भन्दा कम तलब हुने खेलाडीको भने तलब कटौती हुने छैन । ३० हजार डलर माथि तलब हुने खेलाडीको ३० प्रतिशत कटौती गर्दा २० हजार भन्दा माथिको १० प्रतिशत तलब काटिनेछ ।

सबै खेलाडीहरु मेडिकल एड्भाइजरी कमिटीले तयार पारेको टुर्नामेन्ट होटलमा बस्नुपर्नेछ ।

म्याच अफिसियलहरुको पनि ३० प्रतिशतसम्म तलब कटौती हुने सम्भावना छ ।

सीपीएल अपरेसन म्यानेजर माइकल हलले ट्रिनिडाड एण्ड टोबागो सरकारबाट टुर्नामेन्ट गर्नको लागि अनुमति लिन बाँकी रहेको र अर्को हप्तासम्म हुने जनाएका छन् ।

यस्तै हलले टुर्नामेन्ट पिरियड अगष्ट १ देखि सेप्टेम्बर १२ सम्म रहने र पहिलो खेल अगष्ट १८ मा सुरु भएर सेप्टेम्बर १० मा सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment