Comments Add Comment

हालान्डले इन्जुरी टाइममा गोल गरेपछि डर्टमण्ड विजयी

काठमाडौं । एर्लिन हालान्डले खेलको इन्जुरी टाइममा गोल गरेपछि जर्मन बुण्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले जित हात पारेको छ । दोस्रो हाफमा एक्सल विटसलको स्थानमा मैदान प्रवेश गरेका हालान्डले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि डर्टमण्डले फर्चुना डुसेलडोर्फलाई १-० ले पराजित गरेको हो ।

डर्टमण्डले त्यसअघि नै गोल गर्दै अग्रता लिएको थियो । ६५औं मिनेटमा राफेल गुरेइरोले डि उत्कृष्ट हाफ गोल गर्दै अग्रता दिलाएका थिए । तर भिएआरले त्यसलाई गोलको मान्यता दिएन ।

जितपछि ३१ खेलबाट डर्टमण्डले ६६ अंक जोडेको छ । डुसेलडोर्फ भने २८ अंकसहित पूछारबाट तेस्रो स्थानमा छ ।

बुण्डेसलिगाकै अन्य खेलामा एनट्राट फ्राङ्कफुर्टले हेर्था बर्लिनलाई ४-१ ले पराजित गरेको छ । युनिय बर्लिनले एफसी कोल्नलाई २- १ ले हरायो ।

वुल्फसवर्ग र फ्रेइवर्गले भने २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

यस्तै रेलिगेसन जोनमा रहेको दुई क्लबबीचको भिडन्तमा वेडर ब्रेमेनले एससी पाडेर्वोर्नलाई ५-१ ले हरायो । जितपछि पनि ३१ खेलबाट २८ अक रहेको ब्रेमन रेलिगेन जोनमै छ अर्थात पूछारबाट दोस्रोमा छ ।हारपछि पाडेर्वोन भने रेलिगेसनमा पर्ने लगभग पक्का भउको छ । पाडेर्वोन २० अंकसहित पूछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment