३२ जेठ, काठमाडौं । नापोली कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा १-१ को बराबरी खेले पनि सेमिफाइनलमा इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्द युभेन्ट्ससँग फाइनल भेट पक्का गरेको हो । पहिलो लेगमा नापोली १-० ले विजयी भएको थियो ।
नापोलीले पछिल्लो पटक सन् २०१४ मा कप उपाधि जितेको थियो । अब उपाधिका लागि फाइनलमा सिरी ए लिडर युभेन्ट्ससँग जुन १७ मा रोमको ओलम्पिक स्टेडियममा खेल्नेछ ।
नापोलीको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै क्रिस्टियन एरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा ड्राई मर्टेन्सले नापोलीका लागि बराबरी गोल फर्काए ।
इन्टर विरुद्ध गोल पछि मर्टेन्स नापोलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । नापोलीको लागि उनको यो १२२औं गोल हो । उनले मारेक हमसिकलाई पछि पारेका हुन् ।
सन् २०१३ मा नापोली गएका मर्टेन्समा डिएगो म्याराडोनाभन्दा ७ गोल बढी गरेका छन् ।
प्रतिक्रिया 4