
३२ जेठ, कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका ७ हुलाकी राजमार्गमा ग ७ प ७८३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक कैलारी ७ का २० वर्षीय अमित चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल पछाडि सवार २१ वर्षीय विष्णु चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4