Comments Add Comment

प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

मोरङमा २५, सुनसरी र झापामा एक-एक जनामा संक्रमण

३२ जेठ, विराटनगर । आइतबार मोरङमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् । तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।

विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment