+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

व्यवसायीद्वारा गृहमन्त्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १६:२४

३२ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आइतबार सिंहदरबार पुगेर महासंघकाे टाेलिले गृहमन्त्री रामबहादुर थापा बादललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

महासंघले गृह मन्त्रालयलाई पीपीई सुट ५० थान, थर्मल गन ५० थान, चश्मा ५० थान, सुज कभर ५० थान, एएस ९५ माक्स एक हजार थान, सर्जिकल माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरण पछि गृहमन्त्री थापाले व्यवसायीहरुका समस्याहरु समाधानका लागि सहजीकरण गर्ने बताए । व्यवसायीहरुको सुरक्षाका लागि सरकारले व्यवस्था मिलाउने गृहमन्त्री थापाले बताए । व्यवसायीहरुले राखेको गुनासोमा पनि गृहमन्त्री थापाले सकेको सहजीकरण गर्न आफू तयार रहेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामाग्रीहरु केरुङ नाकामा अड्किएको भन्दै छुटाइदिन आग्रह गरे । उनले डिसेम्बर महिनादेखि नाकामा सामाग्री अड्किदा व्यवसायीहरु समस्यामा परेको बताए ।

उनले केरुङ जानका लागि व्यापारीहरुलाई पास नदिइएको कारण पनि समस्या भएको बताए । ‘अहिले वान वे मात्रै पास दिएको छ, स्थानीय बाहेक अरुले पास पाएका छैनन्’ वरिष्ठ उपाध्यक्ष कार्कीले भने, ‘आफ्नो सामान हेर्न पनि जान पाएका छैनौ, यसका लागि मन्त्रीज्यूले सहजीकरण गरिदिनु पर्यो ।’

कोरोना महामारीमा थोरै भए पनि राज्यलाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको महासंघले बताएको छ ।

कोरोना महामारीमा थोरै भए पनि राज्यलाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको महासंघका महासचिव अञ्जन शाक्यले बताए । कुनै विषयमा राज्यसँग विमति भए पनि महामारी नियन्त्रणमा आफूहरु राज्यसँगै लागि पर्ने उनले बताए ।

‘हामीलाई घरभाडा, बैंकको ब्याज र राज्यलाई तिर्नु पर्ने कर तिर्न पनि समस्या परेको छ, लामो समय व्यवसाय सञ्चालन हुन पाएन’ महासचिव शाक्ले भने, ‘हाम्रा यावत समस्या हुँदाहुँदै पनि राज्यको समस्यालाई समाधान गर्न हामीले थोरै सहयोग गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?