+
+

नारायणी अस्पतालले भोलिदेखि अन्तरंग सेवा पनि सुचारु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १८:३९

३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालले भोलि सोमबारदेखि अन्तरंग सेवा पनि सुचारु गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखेर सीमित शय्या संख्यामा अन्तरंग सेवा सुचारु गरिने अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले ०७६ चैत ३० गते पत्र पठाएर नारायणीलाई कोभिड अस्पताल घोषणा गर्दै अन्य सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

सोही पत्रको आधारमा नारायणीले ०७७ वैशाख २ गतेदेखि सर्पदंश, ज्वरो क्लिनिक बाहेकको सेवा बन्द गरेको थियो ।

पुनः स्वास्थ्य समन्वय महाशाखाले वैशाख ३० गते पत्राचार गर्दै उपचारार्थ कोभिड–१९ संक्रमित डिश्चार्ज गरेपछि बहिरंग लगायत अन्य नियमित सेवाहरु क्रमशः सुरु गर्न भनेपछि नारायणीले सोही अनुसार जेठ १८ गते डायलासिस सेवा सुचारु गरेको थियो भने जेठ २० गतेबाट बहिरंग सेवा सुचारु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?