+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१६ जिल्लाका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते ७:२३

२ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।

तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?