Comments Add Comment

सिद्धबाबा मन्दिर नजिक कार दुर्घटना, ६ जना घाइते

२ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिकै कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा तिनाउ गाउँपालिकाका दया पाण्डे(चालक),बालकृष्ण बस्याल, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे र बिनोद बस्याल रहेकाेे प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

पाल्पाबाट बुटवल आउँदै गरेको प्रदेश ३, ०१–२२ च ४५२२ नम्म्बरको कार माथिल्लो सिद्धबाबा मन्दिर भन्दा ५० मिटर अगाडि सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको दोभान प्रहरी चौकीका इन्चार्ज बालबहादुर घर्तीले जानकारी दिए ।

घाइते सबैलाई उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment