+
+
Shares

हिरासतभित्रको मृत्युको छानबिन गर्न ४ सदस्यीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १८:१३

२ असार, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले थुनुवा कक्षभित्रै भएको शम्भु सदाको मृत्युको छानबिन गर्न समिति बनाएको छ । इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षका शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले आत्महत्या भएको उक्त घटना पीडित परिवारले भने प्रहरीसमेतको मिलेमतोमा भएको हत्या दावी गरेको छ । पीडित परिवारले इलाका प्रहरी कार्यालयका इन्सपेक्टरविरुद्ध हत्या आरोपमा उजुरीसमेत दिएको छ ।

यो घटना छानबिनका लागि प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उक्त समितिमा मृतक पक्षको तर्फबाट दुई जनालाई आमन्त्रित सदस्यको रुपमा राखिने भएको छ । एक जना अधिकारकर्मी र एक जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

‘ती दुई जना उहाँहरु (मृतक पक्ष) ले राख्नुहुनेछ’ निरौलाले भने, ‘मृतकको परिवारलाई राहत उपलब्ध गराउन पनि जिल्ला प्रशासन कार्यालयले यथासिघ्र पहल गर्ने निर्णय भएको ।’

प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा मंगलबार प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमु्ख, मृतक पक्षका व्यक्ति समेतको सहभागितामा बसेको बैठकले पीडित परिवारलाई शान्ति सुरक्षाको तत्काल उचित प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?