+
सफाइपछि सागरको माग :

‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२०७७ असार  २ गते १९:०१ २०७७ असार २ गते १९:०१
‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय खेलहरु जानीजानी  रकम लिएर हारेको आरोपमा असोज २०७२ मा तत्कालीन कप्तान थापासँगै सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुसँगै फिजियो डेविज थापाविरुद्ध विशेष अदालतमा राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

झण्डै एक महिनापछि धरौटीमा छुटेका उनीहरुले विशेषबाट २५ जेठ २०७५ मा सफाइ पाए । मंगलबार सर्वोच्चले पनि सागरसहितका ६ जनाले राज्य विप्लवको कसुर गरेको नदेखिएको विशेषकै फैसलालाई सदर गरेको छ ।

उनीहरुमाथि एसियाली फुटबल महासंघ (एएफसी) ले लगाएको आजिवन प्रतिबन्ध भने कायमै छ । त्यसैले खेलाडीहरु भन्छन्, ‘ढिलै भए पनि हामीले न्याय पायौं, अब प्रतिबन्ध हटाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहल गर्नुपर्छ ।’

त्यसपछि राष्ट्रिय टिमको जर्सी लगायर सन्यास लिने इच्छा रहेको पूर्वकप्तान थापाले सुनाए ।

एन्फा अझै चुप बस्ने हो ?

खेलाडीहरुको अदालती प्रक्रिया झण्डै ५ वर्ष चल्यो । यो समयमा आफूहरुबाट धेरै कुरा खोसिएको भन्दै उनले भने, ‘एउटा उचााईमा पुगेको थिए, सबैको माया सम्मान पाएको थिएँ तर । यो आरोप लागेपछि सबै विपरित भयो । मानिसहरुका अगाडि बोल्न समेत गाह्रो थियो । भविश्य अन्धकार भयो ।’

अघि भने, ‘यसको जिम्मा कसले लिन्छ । एन्फाले लिने हो कि सरकारले वा अरु कसैले ?’

अब आफूहरुले अदालतबाटै सफाइ पाएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) बोल्नेपर्ने उाले बताए । ‘अब एन्फाले निष्पक्ष छानविन गर्नुपर्छ किनकी उसलाई सबै थाहा ’ उनले भने ‘एएफसीले आजीवन प्रतिबन्ध लगाएको छ, त्यो हट्नुपर्छ । त्यसबेला एउटा खेलाडीले जति सुविधा पाउँथे, त्यो पाउनुपर्छ ।’

राष्ट्रिय जर्सी लगाएर सन्यास लिन पाऊँ

थापालाई थाहा छ कि तत्कालै प्रतिबन्ध हटिहाले पनि राष्ट्रिय टिममा फर्किन अब निकै गाह्रो छ ।

यद्यपि उनी यो असम्भव भने मान्दैनन् । र, प्रतिबन्ध हटे राष्ट्रिय टिमबाट खेल्न प्रयास गर्ने सोचमा छन् । भन्छन्, मेरो इच्छा त्यही हो कि एक पटक कोसिस गर्छु । भयो भने भयो, भएन भने राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन चाहन्छु ।’

आफूले राष्ट्रिय टिमका लागि गरेको योगदानका आधारमा पनि आर्मब्याण्ड लगाएर नेपालको म्याचमा खेलेर सन्यास लिन पानुपर्ने पूर्व कप्तान थापाको माग छ ।

खेलकुद म्याच फिक्सिङ सागर थापा

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय