Comments Add Comment

बालबालिका र योग स्वास्थ्य

योग शब्दको व्यावहारिक अर्थ धेरै व्यापक रहेको हुनाले यसका विभिन्न अर्थहरू रहेका पाइन्छन । योग सांख्यको क्रियात्मक रुप हो । यो विश्वभरिका सबै धर्म एवम् सम्प्रदायबाट पक्षपातरहित वा तर्क वितर्क रहित सार्वभौम धर्म हो ।  शरीर तथा मनलाई एकाग्र गरेर आफ्नो आत्मालाई परमात्मामा लिन हुनका लागि हामी जुन प्रक्रिया अपनाउछौ त्यो नै योग हो ।

कुनै वस्तुमा आफुलाई जोड्न वा कुनै राम्रो काममा आफुलाई लगाउनु पनि योग हो । हाम्रो जीवनमा गरेका शारीरिक , मानसिक , धार्मिक , आध्यात्मिक एवम् सामाजिक तवरले गरिएका हुन् या ती सम्पूर्ण कार्यहरुको सफलताको लागि योग एवम् ध्यान नै सफलताको साँचो हो । योगको प्रयोग मानव शरीर एवम् मनको सम्पूर्णताको विकासका लागि गरिन्छ | योगमा विज्ञान र कला दुवैको मिश्रण भएको हुन्छ | योगासनको प्रयोगले मान्छेको वाहिरी आवरणमा मात्र नभएर शरीर भित्रका विभिन्न कुराहरुका साथै मन समेत सुन्दर बन्ने गर्दछ ।

योगको नियमित अभ्यासका माध्यमबाट व्यक्तिको व्यक्तित्व पूर्ण रुपमा सन्तुलनमा आउने गर्दछ । योगको नियमित अभ्यासले मानव शरीरका बाहिरी पक्ष- शारीरिक ढाँचा, शरीरलाई नियन्त्रण गर्ने पक्ष तथा पाचन प्रणालीमा पनि सुधार गर्ने गर्दछ । त्यस्तै हाम्रो मन एवम् व्यवहारमा पनि परिवर्तन आउने गर्दछ । वाल्यावस्था एवम् युवावस्थामा छिटोछिटो मानसिकता परिवर्तन हुने वा मानसिक संवेग परिवर्तन हुने अवस्थाको रुपमा लिइन्छ | युवावस्था त झनै मानसिक संवेग परिवर्तन भइ रहन्छ ।  मानसिक संवेगहरु नियन्त्रण  दबाबमूलक कार्यले रोक्न सकिदैन । यस्तो कार्य को लागि योगादि कार्यको नितान्त आवश्यकता देखिन्छ ।

 डा. चूडामणि पाण्डेय

योगाभ्यासका माध्यमबाट शरीर स्वस्थ र लचिलो मात्र बनाउने कार्य नगरी यसले अनुशासन तथा मानसिक सक्रियतामा समेत फाइदा पुग्ने गर्दछ | बाल्यावस्था काल्पनिकतामा पनि बढी केन्द्रित देखिन्छ । जुन कार्यले उसलाई कुनै पनि कार्यमा वा पढाइमा केन्द्रित गराउन पनि योगभ्यासले सहयोग गर्दछ | बालकहरु विभिन्न प्रकृतिका रहेका हुन्छन् । कोहि मन्द बुद्धि भएका, कोहि पढाइमा ध्यान नदिने , कोहि खराब आचरण भएका र कोहि अस्थिर मानसिकता भएका हुन्छन्  । यी सबैको समाधान योगाभ्यासबाट  मात्र सम्भव देखिन्छ ।

वर्तमान अवस्था हेर्दा खेरि केहि समय देखि बन्दाबन्दिले सबै उमेर समुहलाई प्रभाव परेको छ । सबैलाई शारीरिक र मानसिक प्रभाव परेको छ । झन् बालबालिकालाई चन्चले स्वभावका करण पनि बढी प्रभाव पारेको देखिन्छ । हाम्रो परिवार भित्र ३ प्रकारका बालबालिकाहरु देखिन्छन : उच्च तीक्ष्ण क्षमता भएका , मध्यम वर्गका र कम्जोर क्षमता भएका । यी पनि कमजोर क्षमता भएका बालबालिकाहरुलाई सुधार गर्न वा मानसिक रुपमा एकाग्र गर्न पनि विभिन्न योगाभ्यास एवम् ध्यान अनिवार्य रहेको छ । त्यस्तै गलत आचरण भएका बालबालिकाहरुलाई सुधार गर्न वा मानसिक रुपमा एकाग्र गर्न पनि विभिन्न योगाभ्यास एवम् ध्यान अनिवार्य देखिन्छ । कुनैपनि अभिभावकले पनि आफ्ना बालबालिकाहरु गलत बाटोमा हिडुन् वा कुमार्गमा लागुन् भन्ने कहिल्यै सोच्दैनन र सोच्नु पनि हुँदैन । आजको अवस्थामा प्रत्येक अभिभावकले आफ्ना बालबालिकाहरुलाई योगाभ्यास, ध्यान तथा योग परामर्शमा ध्यान दिन अनिवार्य देखिन्छ । त्यतिमात्र नभएर सरकारले पनि विद्यालय तहमा एवम् उच्च तहमा योग शिक्षा दिनु अनिवार्य एवम् अपरिहार्य रहेको छ । बालबालिकाहरुलाई गराउन सकिने केही योगासन एवम् योगाभ्यासलाई सामान्य जानकारी दिन सकिछ :

१. सूर्य नमस्कार,

२. कीर्तन,

३.जनावरको आकृति जस्तै बस्ने (खेलको माध्यमबाट सिकाउने ),

४. योग निन्द्रा ,

५. ध्यान एवम् कल्पना

केहि अभिभावकहरुले बालबालिकाहरुलाई नियममा बाँध्नु पर्दछ भन्ने धारणाअनुसार समाजका धेरैजस्तो काममा प्रतिबन्ध लगाएको देखिन्छ वा दबाबमा राखिएको देखिन्छ तथा अनावश्यक नियन्त्रणमा राख्ने गरेको देखिन्छ । त्यति दबाबमा वा नियन्त्रणमा राख्दा पनि बालबालिकाहरुको व्यवहार परिवर्तन देखेर अभिभावकहरु हैरान भएका हुन्छन् । यसरी दबाबमा राख्दा बालबालिकाहरुको मानसिकता झन् नकारात्मक हुदै गएको गएको देखिन्छ वा अभिभावकहरुप्रति नै नकारात्मक बन्दै गएको , अभिभावकहरु राम्रो कुरा गर्दा पनि झर्किने जस्ता व्यवहार देखाइ रहेका हुन्छन ।

यसरी बेलैमा ध्यान दिएनौ भने पछि गएर आपराधिक मानसिकता भएका हुन् सक्छन । अहिले पनि धेरैलाई मनोपरामर्श केन्द्रमा गएको देखिन्छ । केहीलाई डिप्रेशन भएको देखिन्छ | यस्तो अवस्था आउन नदिन पनि बालबालिकालाई सानै देखि योगाभ्यास एवम् योगादिकार्य, ध्यान, प्राणायाम आदि गराउँदा पछि आउने समस्यालाई  बेलैमा समाधान गर्न सकिन्छ | यसमा सरोकारवाला सबैले ध्यान दिनु अनिवार्य देखिन्छ ।

विभिन्न योगाभ्यास एवम् योगादिकार्य, ध्यान, प्राणायामआदिका माध्यमबाट बालबालिकाहरुको शारीरिक स्वस्थता तथा मानसिक स्वस्थता आउने गर्दछ । प्रत्येक अभिभावकहरुले पछि गएर पछुताउनु भन्दा अहिले नै ध्यान दिनु अनिवार्य देखिन्छ । सानैदेखि सकारात्मक कार्य एवम् विचारमा बालबालिकाहरु सहभागी गराउन सके घर, समाज एवम राष्ट्र नै स्वस्थ हुन् सक्छ र उनीहरुले पनि आफ्नो भविष्य  उज्ज्वल पर्न सक्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment