
४ असार, युएई । ओमानमा रहेका थप १४७ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् । ३७ जना महिलासहित १४७ जना नेपाली नेपाल फर्किएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धारका लागि ओमानबाट यो दोस्रोपटक उडान भरिएको हो ।
यसअघि असार १ गते १६६ जना नेपाली स्वदेश फर्किएका थिए । स्वदेश फर्किएकाहरुले सरकारले तोकेको भाडादरभन्दा सस्तोमा फकाईएको हो ।
उनीहरुलाई १५५ ओमानी रियाल (३६ हजार ४२३ रुपैयाँ ) तोकिएको छ । राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्कनेहरुलाई विमानस्थलमै पुगेर विदाई गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4