Comments Add Comment

लद्दाख समस्या भारत र चीनले वार्ताबाटै समाधान गर्नुपर्छ : देव गुरुङ

४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले भारत र चीनले वार्ताबाटै लद्दाख समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि नेपालले पनि भूमिका खेल्नुपर्ने उनको आशय छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता गुरुङले पश्चिमा मुलुकहरुले हिमालय रेञ्जमा द्वन्द्व बढाउन खोजेको समेत बताएका छन् ।

नेता गुरुङले भनेका छन्, ‘भारत र चीनको बीचमा लद्दाखमा भिडन्त भएको समाचार आइरहेको छ । यसले हिमालयन रेञ्जमा द्वन्द्व हुने हो कि भन्ने चिन्ता बढ्दै गइराखेको छ । यतिखेर कतिपय पश्चिमा शक्ति केन्द्रहरु यहाँ द्वन्द्व मच्चाउन खोजिरहेको छ । गम्भीर संकट पैदा गराउन खोजिराखेका छन् ।’

लद्दाखमा दुई देशबीच भएको समस्या समाधान गर्न दुबै मुलुक भारत र चीनले गम्भीरतापूवर्क कुटनीतिक संवादको तरिकाबाट वार्ता गर्नुपर्ने उनले बताए ।

गत सोमबार राति चीन–भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकहरुबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भएको छ भने चीनतर्फको क्षति सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment