+
+

क्वारेन्टिनमा सामूहिक बलात्कार कलंकको घटना : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १५:१०

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिन स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंकको घटना भनेका छन् । यसमा संलग्न भएकाहरुलाई कुनै हालतमा क्षमा गर्न नसकिने उनले बताए ।

बिहीबार राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलाली घटनाबारे बोलेका हुन् । सुरक्षाका लागि खटाएकाहरु नै कुकर्मी निस्किएको भन्दै उनले भने, ‘मान्छे मान्छे नभएपछि .. उनीहरुलाई पशु पनि भन्न मिल्दैन किनकी पशुले यति घटियाका काम गर्दैन, मानव जातिकै लागि कलंकको घटना भयो ।’

प्रधानमन्त्री ओलीले यस्तो अपराधमा संलग्नहरुलाई क्षमा गर्न नसकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?