Comments Add Comment

नेपालसँग नाम जोडिएका लालचन्द राजपुत २०२१ सम्म जिम्बाब्बेकै प्रशिक्षक रहने

५ असार काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भावी प्रशिक्षकको रुपमा हेरिएका भारतीय प्रशिक्षक लालचन्द राजपुत अर्को वर्षसम्म जिम्बाब्बेकै प्रशिक्षक रहने भएका छन् ।

जिम्बाब्बे क्रिकेटले बिहीबार ट्वीटरमार्फत राजपुत थप एक वर्ष अर्थात २०२१ सेप्टेम्बरसम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने जनाएको छ ।

मुम्बईका ५८ वर्षीय राजपुतलाई नेपालको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको थियो । नेपाल क्रिकेट संघ क्यानले समेत राजपुतसँग मौखिक रुपमा सहमति भइसकेको जनाएको थियो ।

तर यी चर्चा चलिरहँदा राजपुत जिम्बाब्बेकै प्रशिक्षक रहने त्यहाँको क्रिकेट बोर्डले जनाएको हो । तीन वर्षे सम्झौताअनुसार जिम्बाब्बे क्रिकेटसँग राजपुतको सम्झौता २०२१ को सेप्टेम्बरसम्म छ ।

जिम्बाब्बे क्रिकेटले ट्वीट गर्दै राजपुत आफ्नो तीन वर्षे सम्झौता अनुसार टिमप्रती कमिटेड रहेको जनाएको हो । मिडिया रिपोर्टले उनी अन्तै जाने खबर दिए पनि राजपुत जिम्बाब्बेकै प्रशिक्षक रहने जिम्बाब्बे क्रिकेटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment