+
+
Shares

तलब माग्ने कर्मचारीलाई कुकुरले टोकाइयो, रेस्टुरेन्ट मालिकविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १३:४४

कर्मचारी तथा कामदारले आफूले काम गरेबापत तलब माग्नु स्वभाविकै हो । तर भारतमा चाहिँ आफ्नो पाकिसकेको तलब माग्नु एक युवकका लागि अभिषाप बनेको छ ।
रेष्टुरेन्टमा काम गर्ने ती युवकमाथि तलब मागेको भन्दै रेष्टुरेन्ट मालिकले आफ्नै घरको कुकुरलाई आक्रमण गर्न लगाएका छन् ।

रेष्टुरेन्ट मालिकको कुकुरको टोकाइबाट कल्याण सिंह नामका ती मजदुर युवक घाइते भएका छन् ।

घटना भारतको जोधपुरमा भएको हो । आफुले अघिल्लो महिनाको तलब माग गर्दा मालिकले रेष्टुरेन्टमा पालेको कुकुरलाई बोलाएर आफुलाई टोक्न लगाएको भन्दै ती युवकले महामन्दिर पुलिस चौकीमा उजुरी दर्ता गराएका छन् ।

रेष्टुरेन्ट मालिकमाथि कारबाही गर्न र आफ्नो पाकेको तलब दिलाइदिन पनि उनले माग गरेका छन् ।

प्रहरीले उक्त घटनाको छानबिन सुरु गरेको बताएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?