+
+
Shares

भारतको चेन्नईमा फेरि सुरु भयो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १५:५३

५ असार, काठमाडौं । भारतको तमिलनाडुको राजधानी सहर चेन्नई र योसँग जोडिएका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ । अब यो क्षेत्रमा केवल आवश्यक सामानको पसल र मेडिकल स्टोर मात्र खुल्नेछन् । १२ दिनको लागि लगाइएको लकडाउन ३० जुनसम्म जारी रहनेछ ।

चेन्नईमा अहिलेसम्म करिब ३७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् । जबकि पूरा तामिलनाडुमा संक्रमितको संख्या ५२ हजारको हाराहारीमा छ ।

यो राज्यमा कोरोना भाइरसबाट मृत्युदर अन्य राज्यको भन्दा कम छ । यद्यपि यो राज्यको तथ्यांकमा भने प्रश्न उठ्दै आएको छ । एक प्रतिवेदनमा चेन्नईमा दुई सय संक्रमितको मृत्युलाई कोरोना संक्रमितको मृत्युमा नजोडिएको दाबी गरिएको थियो ।

भारतमा जुनको सुरुदेखि नै लकडाउन हटाइएको छ । अहिले चेन्नई भारतको एकमात्र सहर हो, जहाँ पूर्णरुपमा लकडाउन लागु गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?