Comments Add Comment

फर्नान्डेजको पेनाल्टी गोलमा युनाइटेड हारबाट जोगियो

६ असार, काठमाडौं  । ब्रुनो फर्नान्डेजले अन्तिम १० मिनेट बाँकी छँदा गरेको पेनाल्टी गोलमा प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले टोटनहम हट्सपरसँग बराबरी खेल्दै अंक खोसेको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले टोटनहमसँग १-१ को बराबरी खेलेको हो । घरेलु मैदानमा स्टेभेन बर्जविनले २७औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त अग्रतालाई कायम राखेको टोटनहम ८० मिनेटसम्म पनि १-० ले अघि थियो ।

तर एरिक डायरले पउल पोग्वालाई पेनाल्टी एरियामा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पायो र ब्रुनो फर्नान्डेजले त्यसलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । ९० औँ मिनेटमा एरिक डायरले नै ब्रुनो फर्नान्डेजलाई फाउल गरेपछि युनाइटेडले अर्को पेनाल्टी अवसर पाएको थियो । तर भिएआरले उक्त पेनाल्टीलाई मान्यता दिएन ।

बराबरीपछि युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । ३० खेलबाट ४६ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा छ भने एक खेल कम खेलेको चेल्सीको ४८ अंक छ । ३० खेलबाट ४२ अंक रहेको टोटनहम आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment