Comments Add Comment

आईपीएल प्रायोजकबारे भारतीय क्रिकेट बोर्डले ‘रिभ्यू’ गर्ने

६ असार, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल(को विभिन्न स्पोन्सरको बारेमा अर्को हप्ता छलफल गर्ने भएको छ । भारत-चीन बोर्डरमा पछिल्लो पटक उत्पन्न तनावका कारण २० भारतीय जवानको निधन भएपछि यसको असर खेलकुदमा समेत देखिन थालेको छ ।

यसै सन्दर्भलाई लिएर बीसीसीआईले आइपीएलमा स्पोन्सर गर्ने चिनियाँ कम्पनीको रिभ्यु गर्न लागेको हो । बीसीसीआईले यस विषयमा आइपीएल गभर्निङ काउन्सिललाई जानकारी गराइसकेको छ र आइपीएलको मुख्य स्पोन्सर भिभोबारे अर्को हप्ता छलफल गरिने जनाएको छ ।

आइपीएल र भिभोबीच वार्षिक ४४० करोड बराबरको सम्झौता छ ।

‘हाम्रा बहादुर जवानहरूको शहादतमा पर्ने सीमान्तिक झडपलाई ध्यान दिँदै आईपीएल गभर्निङ काउन्सिलले आइपीएलका विभिन्न प्रायोजन सम्झौताको समीक्षा गर्न अर्को हप्ता बैठक बोलाएको छ,’ आइपीएलको आधिकारि ह्याण्डबाट यस्तो ट्वीट भएको छ, साथै बीसीसीआईले यसलाई रिट्वीट पनि गरेको छ ।

चिनियाँ मोबाइल ह्यान्डसेट म्यानोफ्याक्चरर कम्पनी भिभोले सन् २०१५ मा पहिलो पटक २ वर्षको स्पोन्सर सम्झौता गरेको थियो । यस्तै २०१७ मा भिभोले थप पाँच वर्षको लागि सम्झौता नवीकरण गरेको थियो । जसअनुसार भिभोले ३४२ अमेरिकन डलर रकम तिर्ने सम्झौता भएको थियो ।

यस्तै आईपीएलले मोबाइल वालेट कम्पनी पेटिएमसँग अफिसियल अम्पयार पार्टनरको रुपमा २०१८ देखि २०२२ सम्मको लागि सम्झौता गरेको थियो। जसको रकम खुलाइएको छैन । पेटिएममा पनि चिनियाँ ई-कमर्स कम्पनी अलीबाबाको मुख्य लगानी रहेको छ ।

बीसीसीआईका कोषाध्यक्ष अरुण धमालले शुक्रबार चिनियाँ कम्पनीले आईपीएलमा स्पोन्सर गर्दा चीनलाई नभई भारतीय अर्थतन्त्रलाई नै फाइदा भएको बताएका थिए । साथै उनले भिभोको सम्झौता २०२२ सम्म नै कायम रहने बताएका थिए । धमालले भिभोले बोर्डलाई पैसा दिने र बोर्डले यसको ट्याक्स सरकारलाई तिर्ने बताएका थिए । ‘जब हामीले चिनियाँ कम्पनीलाई उनीहरुको प्रोडक्ट भारतमा बेच्न अनुमति दिन्छौँ, जति पैसा उनीहरुले भारतबाट लैजान्छन् उनीहरुले ब्रान्ड प्रोमोसन बापत बीसीसीआईलाई पनि रकम तिरेका हुन्छन् । र बोर्डले त्यस रकममा ४२ प्रतिशत ट्याक्स भारतीय सरकारलाई तिर्छ । त्यसैले यसले चीनलाई नभई भारतलाई सहयोग गर्छ,’ धमालको भनाई उदृत गर्दै ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

कोरोना भाइरस महामारीका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ । यदl यस वर्ष आईपीएल हुन नसके चार सय करोड बीसीसीआईले गुमाउने सम्भावना छ ।

अहिले बीसीसीआई यसै वर्ष गर्ने भनिएको टी-२० विश्वकपबारे आईसीसीको निर्णय पर्खेर बसेको छ । टी-२० विश्वकप अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment