Comments Add Comment

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, गण्डकीमा एकैदिन १०८ जनामा संक्रमण पुष्टि

६ असार, पोखरा । मस्ताङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरस पुगेको छ ।

घरपजोङ गाउँपालिकाका ८३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘अहिले उहाँको स्वास्थ्य सामान्य छ । जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । हामीले प्रयोगशालाबाट भर्खरै खबर पाएका हौं,’ मुस्ताङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा शिव भण्डारीले अनलाइनखबरसँग भने ।

एकैदिन १०८ संक्रमित भेटिए

शनिबार मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  शनिबार साँझ कोरोना भाइरस पुष्टि हुनेमा मुस्ताङसहित तनहुँ, बागलुङ र नवलपुरका छन् ।

बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गल्कोट नगरपालिकाका २० देखि ५१ वर्ष उमेर समूहका ८ जना पुरुष छन् । बागलुङकै ताराखोला गाउँपालिका, बुलिङटार, ढोरपाटन गाउँपालिकामा १/१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्का एकजनाको भने ठेगाना नखुलेको निर्देशनालय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै नवलपुरको मध्यविन्दु गाउँपालिकाका १८ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उनीहरु ३ देखि ३९ वर्ष उमेर समूहका १४ जना पुरुष हुन् भने सोही गाउँपालिकाकै २१ र ३५ वषर्ीय महिलामा कोरोना पुष्टि भएको छ ।

तनहुँको ब्यास नगरपालिकाका २७ वषर्ीय पुरुष र ४० वषर्ीय महिलामा संकमण पुष्टि भएको छ ।

संक्रमित सबै भारतबाट फर्किएका हुुन् । सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाले जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघि शनिबार विहान १९ महिने शिशुसहित ५८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ । उनीमध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment