Comments Add Comment

लेवान्डोस्की र हालान्डको दुई-दुई गोल

७ असार, काठमाडौं । रोवर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि च्याम्पियन बनिसकेको बायर्न म्युनिखले बुण्डेसलिगामा फ्रेइवर्गमाथि सहज जित हात पारेको छ । यसअघि नै च्याम्पियन बनेको बायर्नले फ्रेइवर्गलाई घरेलु मैदानमा ३-१ ले पराजित गरेको हो ।

जोसुअ किम्मिकले खेलको १७औं मिनेटमा गोल गर्दै बायरनलाई अग्रता दिलाएका थिए । लेवान्डोस्कीले २४औं र ३७औं मिनेटमा गोल गरे । दुई गोलपछि लेवान्डोस्कीले यस सिजन गोलसंख्या ३३ पुर्‍याएका छन् भने समग्रमा ४७ गोल गरिसकेका छन् । उनी बुण्डेसलिगाको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी समेत बने ।

जितपछि च्याम्पियन बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ ।

यस्तै एर्लिन हालान्डको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डले तेस्रो स्थानको आरबी लाइपजिगलाई २-० ले पराजित गर्द दोस्रो स्थान पक्का गरेको छ । हालान्डले ३०औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी टाइममा दोस्रो गोल गरेका थिए । लिगमा अब एक चरणको खेल बाँकी रहँदा डर्टमण्डले लाइपजिगसंग ६ अंकको दूरी काम गरेको छ । डर्टमण्डको ६९ र लाइपजिगको ६३ अंक छ ।

चौथो स्थानको बायर लेभरकुजनको हारपछि लाइपजिगलाई पनि शीर्ष चारको पर्न सहज बनेको छ । लेभरकुजन हेर्था बलिनसंग २-० पराजित हुँदै पाँचौ स्थानमा झरेको छ । उता पाँचौ स्थानको बोरुसिया मोन्चेनग्लाडबाक भने रेलिगेसनमा परिसकेको पाडेर्वोनलाई ३-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

३३ खेलबाट मोन्चेनग्लाडबाकको ६२ अंक छ भने समान खेलबाट लेभरकुजनको ६० अंक छ । मोन्चेनग्लाडबाकले अब हेर्थासंग अन्तिम खेलमा बराबरी खेलेमात्रै पनि अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ । गोल अन्तरमा लेभरकुजन भन्दा मोन्चेनग्लाडबाक अघि छ । त्यसैले लेभरकजनले शीर्ष चारमा पर्न माइन्जलाई हराउनैपर्नेछ भने मोन्चेनग्लाडबाक पराजित हुनुपर्नेछ ।

यस्तै माइन्जसंग ३-१ ले पराजित भएपछि वेडर ब्रेमेनभने रेलिगेसनको खतरामा परेको छ । अब एक खेल मात्र बाँकी रहँदा ब्रेमेन २८ अकसहित पुछारबाट दोस्रो स्थानमा छ । सिधा रेलिगेसनबाट बच्दै रेलिगेसन प्लेअफमा पुग्नको लागि ब्रेमेनले अब अन्तिम खेलमा कोल्नलाई पराजित गर्नैपर्नेछ भने फर्चुना डुसेलडोर्फ युनियन बर्लिनसंग पराजित हुनुपर्नेछ । डुसेलडोर्फ ३० अकसहित पूछारबाट तेस्रोमा छ । पूछारबाट तेस्रोमा हरने टिमले रेलिगेसन प्लेअफमा बुण्डेसलिगा २ मा तेस्रो हुने टोलीसग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment