Comments Add Comment

बालबालिकको अनलाइन सुरक्षाप्रति शक्ति समूहको चासो

८ असार,काठमाडौं । लकडाउनको बेला विशेष गरी शिक्षण संस्थाहरु बन्द भएकाले बालबालिको मनोसामाजिक अवस्था र अनलाइन सुरक्षाबारे शक्ति समूहले अध्ययन थालेको छ । शक्ति समूहले बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धि सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ ।

मानव बेचबिखन र आधुनिक दासता विरुद्धको अभियान चलाउँदै आएको शक्ति समूहले कोभिड १९ महामारीको बेला बालवालिकाको अनलाइन सुरक्षाप्रति चासो राखेर जनचेतनामूलक श्रब्य दृष्य सामग्री निर्माण गरेर समुदायमा पुर्‍याएको हो ।

नोपलमा प्रत्येक ७ मध्ये एक जना बालबालिका अनलाइनबाटै यौन शोषण तथा दुर्व्यवहारको शिकार हुने गरेको भन्दै शक्ति समूहले विद्यालय बन्द भएका बेला बालबालिका अझ बढी इन्टरनेटमा भुल्ने भएकाले जोखिम पनि बढिरहेको जनाएको छ ।

७५ प्रतिशत बालवालिकालाई अनलाइन सुरक्षाबारे जानकारी नभएकाले अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा ध्यान दिनुपर्ने शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बताइन् ।

बिशेष गरी लकडाउनको समयमा बालबालिका तथा किशोरकिशोरीहरु असुरक्षित तवरले फेसबुक, टिकटक जता सामाजिक सञ्जाल चलाउने र इन्टरनेटकै माध्यमले यौन शोषण तथा दुर्व्यवहारको जोखिम हुने भएकाले शक्ति समूहले उक्त भिडियोलाई बालबालिका तथा अभिभावकलाई लक्षित गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयसंगको समन्वय तथा फ्री अ गर्लको सहयोगमा शक्ति समूह तथा सुनौलो शिक्षा नेपालले उक्त भिडियो निर्माण गरेका हुन् ।

वर्तमान समयमा सामाजिक सञ्जालले गर्दा नै बालबालिकाहरु विभिन्न हिंसा, शोषण, दुर्व्यवहार तथा मानव बेचबिखन तथा बाल अश्लिल चित्रजस्तो गम्भिर अपराधको जोखिममा पर्न सक्ने भएर यस्ता सचेतना मुलक सामाग्री रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामार्फत सचेतना फैलाइएको शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले बताइन् ।

विद्यालयहरुले लिने अनलाइन शिक्षामा सहभागी हुँदा पनि बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment