Comments Add Comment

युभेन्ट्सलाई ४ अंकको अग्रता

९ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले बोलोग्नालाई पराजित गर्दै दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता बनाएको छ ।

क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलाले पहिलो हाफमा गरेको गोल मद्दतमा युभेन्ट्सले बोलोग्नालाई २-० ले पराजित गरेको हो ।

बोलोग्नाको मैदानमा खेलको २३औं मिनेटमा रोनाल्डोले गोल गर्दे युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा डिबलाले अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेपनि दोस्रो हाफमा भने कुनै गोल भएन । इन्जुरी टाइमा युभेन्ट्सका डानिलो तो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

जितपछि लिग लिडर युभेन्ट्सले २७ खेलबाट ६६ अंक जोडेको छ । एक खेल कम खेलेको लाजियो ६२ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै लेसेलाई ४-१ ले पराजित गर्दै एसी मिलान सातौं स्थानमा उक्लेको छ । २७ खेलबाट मिलानले ३९ अंक जोडेको छ । नापोली समान अंङ्क भएपनि गोलअन्तरमा मिलान पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment