+
+
Shares

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असार ९ गते १४:२८

९ असार, सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।

उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।

थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक/एकजनाको मृत्यु भइसकेको छ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?