+
+
Shares

बागलुङका ११ जना कोरोना स‌ंक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते १५:०३

९ असार, पोखरा । बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् ।

आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धाैलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष छन् ।

यस्तै, बडीगाड गाउँपालिकाका दुई जना २५ वर्षीय पुरुष, ३९, ३२ र २२ वर्षीय तीन जना पुरुष, बरेङ गाउँपालिकाका १८ र २३ वर्षीय २ जना पुरुष निको भई घर फर्किएको अस्पतालले जनाएको छ ।

‘१४ दिन आइसोलेसनमा पनि बस्नु भयो । रिपोर्ट आउन ढिलो भएकाले प्रिआइसोलेसन पनि बस्नु पर्‍यो,’ धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘सोमबार उहाँहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गरेका छौं ।’

बागलुङमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । जसमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?