Comments Add Comment

मेची नाकाबाट निर्यात खुकुलो बन्दै

९ असार, काठमाडौं । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण ३१ दिनदेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ । नेपाली कृषिउपज बोकेको कन्टेनरहरू सोमबारदेखि नाकाबाट पास हुन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

‘सोमबारबाट नेपाली कन्टेनरहरू भारत र बंगलादेश जान थालेका छन्, मंगलबार सामँझसम्म अरू कन्टेनर पनि जाने कुरा छ,’ भन्सार प्रमुख विश्वकर्माले भने ।

आइतबार ९ र सोमबार १३ गरी २१ वटा अम्रेसो बोकेका कन्टेनर मेची नाकाबाट भारततर्फ गएको र मंगलबार चिया तथा अलैँची बोकेको थप १० वटा कन्टेनर जाने क्रममा रहेको भन्सार प्रमुख विश्वकर्माले बताए ।

कोरोनालाई कारण देखाएर पश्चिम बंगाल सरकारले भुटान, बंगलादेश र भारत निर्यात हुने नेपाली वस्तु निकासीमा अवरोध गरेका थिए । केन्द्र सरकारको नीति विपरीत प्रदेश सरकारले नाकामा अवरोध गरेपछि नेपालले परराष्ट्र मन्त्रालय हुँदै दिल्ली दूतावास र कलकत्तास्थित महावाणिज्य दूतावासबाट नाका सहजीकरणका लागि भारतलाई आग्रह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment