१० असार काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
खेलाडीमा उसु तर्फ़ कास्य पदक विजेता निकेस श्रेष्ठलाई १ लाख र प्रशिक्षकमा करातेको कुमितेका दीपक श्रेष्ठ र करातेकै काताका गंगाराम महर्जनलाई जनही दुई लाख पुरस्कारसहित सम्मान गरिएको हो ।
उनीहरुलाई मेयर गजेन्द्र महर्जनले नगद पुरस्कार र सम्मान पत्र दिए ।
प्रतिक्रिया 4