+
+
Shares

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ८६ करोड ५१ लाख

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असार १० गते १७:३९

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार नगर सभाको सातौं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा चालुतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात् ४२.०९ प्रतिशत, पूँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ६ करोड ३६ लाख अर्थात १.६५ प्रतिशत रकम छुट्याइएको छ ।

सबैभन्दा बढी बजेट पूर्वाधारमा कुल बजेटको ४५ दशमलब ८१ प्रतिशत राखिएको छ । अर्थात पूर्वाधार क्षेत्रमा १ अर्ब ७७ करोड ०६ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसपछि सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय सञ्चालनमा ७१ करोड ९८ लाख १ हजार अर्थात १८.६२ प्रतिशत खर्च अनुमान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकामा सञ्चालन हुने ग्रामीण सहरी विकास परियोजना (आरयुडीपी) तथा मझौला सहर एकीकृत वातावरणीय सुधार आयोजनाका लागि १ अर्ब ०४ करोड ४७ लाख ५७ हजार, वडा स्तरीय योजनामा २४ करोड ७० लाख, म्याचिङ फण्डमा १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रममा २ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख, रोजगार कार्यक्रममा ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा २० लाख, सामाजिक सुरक्षा भत्तामा ४५ करोड, वडा कार्यालयको भवन निर्माणमा ३ करोड, उज्यालो वीरगञ्ज कार्यक्रममा १२ करोड ८१ लाख, शैक्षिक विकासमा ६२ करोड ६४ लाख, स्वास्थ्यमा १४ करोड ६८ लाख ८० हजार,. कृषिमा ८३ लाख, पशु सेवा विकासमा ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रममा ३ करोड रुपैयाँ छुट्याइएको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट ४२ करोड ८८ लाख, राजश्व वाँडफाँटबाट २१ करोड १२ लाख, सशर्त अनुदानबाट ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड १६ लाख २० हजार, सशर्त अनुदानतर्फ ३ करोड, राजश्व बाँडफाँटतर्फ सवारी साधन ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशनबाट १५ करोड, नगर विकास अनुदान १ अर्ब ०३ करोड ५६ लाख ५१ हजार, नगर विकास ऋण तर्फ ९१ लाख ०६ हजार, सडक बोर्डबाट १ करोड र युनिसेफबाट ४५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको मौज्दात ३० करोड १८ लाख १८ हजार र आन्तरिक आय ५९ करोड ७५ लाख रुपैयाँलाई पनि आगामी वर्षको बजेटको स्रोतमा राखेको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?