+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

निजी विद्यालयलाई राहत प्याकेज ल्याउनुपर्छ : सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १६:४७

११ असार, काठमाडौं । राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउनका लागि सरकारले राहत प्याकेज ल्याउन माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् ।

शिक्षकहरूले चैत महिनाबाटै तलब नपाएको भन्दै सांसद राईले यस्तो माग गरेकी हुन् । सबै विद्यालय विगतमा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । स्थानीय तहलाई वर्गीकरण गर्न दिएर सहुलियतपूर्ण व्याज लगायतको सुविधा दिनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा उनले भनिन्, ‘निजी विद्यालय सञ्चालकहरूका लागि राहत प्याकेज ल्याउन शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ध्याकर्षण गराउन चाहन्छु ।’

कोरोना भाइरसबाट सुरक्षित स्थानमा स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

बैठकमा सात मिनेट सम्बोधन गर्दा सांसद राईले लकडाउनले गर्दा रोजगारी गुमाएर शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका अभिभावक र पढाइबाट वञ्चित भएका विद्यार्थीको पक्षमा भने एक शब्द उच्चारण गरिनन् । पुरै समय दशकौं नाफा कमाएर शिक्षक–कर्मचारीलाई तलब नदिने विद्यालय सञ्चालकको उनले पक्षपोषण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?