+
+
Shares

सप्तरीका दुई वडा कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १८:१८

२१ असार, सप्तरी । सप्तरीको दुई स्थानीय तहका वडा कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ र तिरहुत गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

हनुमाननगर कंकालनी नगरपालिका १ भारदहको कार्यालयमा स्थानीय युवाहरुले बिहीबार ताला लगाएका हुन् । वडाको गतिविधीको सूचना माग्दा समेत दिन नचाहेकाले तालाबन्दी गरिएको उनीहरुले बताएका छन् ।

कोसी जनहित समाज युवा क्लवका युवाहरुले वडा कार्यालयको गतिविधि सम्बन्धी सूचना माग्दै पछिल्लो एक साता यता आन्दोलन गर्दै आएको थिए । ‘हामीले प्रदर्शन, धर्नादेखि वडा कार्यालय घेराउसम्म गर्‍यौं,’ क्लवका अध्यक्ष सुरेन्द्र मण्डलले भने, ‘नदिएपछि बाध्य भएर ताला लगाएका हौं ।’

तिरहुत २ मा वडा सदस्यहरुले नै लगाए ताला

सप्तरीकै तिरहुत गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यहरुले नै तालाबन्दी गरेका छन् । वडाध्यक्ष जयप्रकाश यादवले नियम विपरीत काम गरेको, कृषि, स्वास्थ्य, शिक्षा लगायत सम्पूर्ण काममा विगत तीन वर्षदेखि नै स्थानीय सरकार सेवा ऐन २०७४ लाई मिचेर स्वेच्छाचारी, एकलौटी एवं मनोमानी तरिकाले मापदण्ड बिपरित काम गरेको भन्दै सदस्यहरुले ताला लगाएका हुन् ।

वडा सदस्यहरु राजेन्द्रप्रसाद मरिक यादव, सतिसकुमार मिश्र, सकुन्ती देवी साह र इन्द्रकुमारी खंग लगायत स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन् ।

उनीहरुले चालू आर्थिक वर्ष १ करोड ७७ लाख ६५ हजार ६ सय १४ रुपैयाँ वडा सदस्यहरु र जनताको आँखामा छारो हालेर खर्च गरिएकाले हिसाबकिताब जनता समक्ष सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?