१२ असार, काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीवार आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको हो ।
यी दुई राष्ट्रले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको बिडलाई पछि पारेको हो । यसअघि ब्राजिल र जापानले नाम फिर्ता लिएपछि दुईवटा मात्र बिड परेको थियो ।
३५ भोटमध्ये जापानले २२ भोट प्राप्त गर्दा कोलम्बियाले १३ भोट मात्र पायो । त्यसअघि ब्राजिलले कोरोना महामारीकै कारण विश्वकप आयोजना गर्ने दाबेदारीबाट नाम फिर्ता लिएको थियो । ब्राजिलले कोलम्बियालाई नै सघाउने जनाएको थियो ।
२०२३ को महिला विश्वकपमा पहिलो पटक ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म २४ टिमले मात्र विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
२०२३ को महिला विश्वकप जुलाई-अगष्टमा हुने छ ।
प्रतिक्रिया 4