Comments Add Comment

एमसीसीको पहिलो महिला अध्यक्ष बनिन् क्लेर कोन्नोर

१२ असार, काठमाडौं । इंग्ल्याण्डकी पूर्व कप्तान क्लेर कोन्नोर मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नयाँ अध्यक्षमा चयन भएकी छन् । एमसीसीको २३३ वर्ष लामो इतिहासमा अध्यक्ष बन्ने उनी पहिलो महिला समेत बनेकी छिन् ।

बुधबार भएको एमसीसीको वार्षिक साधारण सभाले क्लेरलाई नयाँ अध्यक्ष घोषणा गरेको हो ।

४३ वर्षीय कोन्नोर हाल इंग्ल्यण्ड तथा वेल्स क्रिकेट बोर्डकी महिला क्रिकेटको म्यानेजिङ डिरेक्टरको रुपमा छिन् । उनले १ अक्टोबर २०२१ देखि अध्यक्ष पद सम्हाल्ने छिन् ।

हाल दोस्रो कार्यकाल नेतृत्व गरिरहेका श्रीलंकन पूर्व कप्तान कुमार सांगाकार पछि उनी अध्यक्ष हुनेछिन् ।

‘एमसीसी अर्को अध्यक्ष पदमा चयन हा मैले सम्मानित महसुस गरेकी छ,’ कोन्नोरले भनिन्, ‘क्रिकेटले मेरो जीवनलाई यत्तिकै समृद्ध बनाइसकेको छ र अब यसले मलाई यो सुअवसर प्रदान गरेको छ ।’

क्लेर कोन्नोरले खेलाडीको रुपमा सन् २००५ मा इंग्ल्याण्डलाई एसेस सिरिज दिलाउन नेतृत्व गरेकी थिइन् । उनी सन् २००० देखि २००६ सम्म राष्ट्रिय टिमको कप्तान थिइन् ।

इंग्ल्याण्डको लागि १११ अन्तर्राष्ट्रिय खेल खेलेकी अलराउण्डर क्लेरले १ हजार ६०४ रन बनाएकी थिइन् भने १०४ विकेट लिएकी छिन् ।

अब क्लेर कोन्नोरले अर्को वर्ष सांगाकारको स्थान लिने छिन् । २०१९ मा एमसीसीको पहिलो गैर ब्रिटिस अध्यक्ष बनेका सांगाकारा कोरोना महामारीका कारण अर्को एक वर्ष अध्यक्ष पदमै रहने छन् ।

सांगाकारले क्लेर एमसीसीको अर्को अध्यक्ष हुने कुराले आफू खुशी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment