Comments Add Comment

आफ्नै गल्तीले भ्यालेन्सिया आइबरसँग पराजित

१२ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सिया आइबरसँग १-० ले पराजित भएको छ । भ्यालेन्सियाले पहिलो हाफमा गरेको आत्मघाती गोलकै मद्दतमा आइबरले घरेलु मैदानमा ३ अंक जोड्न सफल भएको हो ।

खेलको १६औं मिनेटमा भ्यालेन्सियाका जोफ्रे कोन्डोगबियाले आत्मघाती गोल गरेका थिए । ८९औं मिनेटमा इलाक्विम मांगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया अन्तिम समय दश खेलाडीमा थियो ।

यस जितले आइबरलाई राहत मिलेको छ । ३१ खेलबाट ३२ अंक जोडेको आइबर रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ भने ६ अंकले सुरक्षित छ ।

हारले भ्यालेन्सियालाई भने शीर्ष चारमा पर्ने अभियानमा धक्का लागेको छ । ३१ खेलबाट ४६ अंक रहेको भ्यालेन्सिया आठौं स्थानमा छ ।

यस्तै अर्को खेलमा रियल बेटिसले पुछारमा रहेको स्पानयोललाई १-० ले पराजित गरेको छ । जितपछि बेटिस ३१ खेलबाट ३७ अंकसहित १३औं स्थानमा छ भने २४ अंक रहेको स्पानयोल अंक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment