Comments Add Comment

सबैभन्दा ठूलो प्रशान्त महासागर बारेका केही रोचक तथ्य

पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ । पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केहीमात्र हिस्सा नदी, ताल तलाउ हरुको छ ।

पृथ्वीमा जम्मा पाँचवटा महासागर छन् र त्यसमध्ये सबैभन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो ।

प्रशान्त महासागर उत्तर तथा दक्षिण अमेरिकाको पश्चिमी भागमा तथा एसिया र अष्ट्रेलियाको पूर्वी तथा उत्तर भागमा रहेको छ ।

यसको क्षेत्रफल १६ करोड ५३ लाख वर्ग किलोमिटर छ भने यसको औषत गहिराई ४३ सय मिटर रहेको छ । प्रशान्त महासागर एक्लैले पृथ्वीको कूल भूभागको २८ प्रतिशत तथा जलसतहको ४५ प्रतिशत भन्दा धेरै भाग ओगट्दछ । पृथ्वीको दोश्रो ठूलो महासागर आन्ध्र महासागर भन्दा प्रशान्त महासागर झण्डै दोब्बर ठूलो छ ।

प्रशान्त महासागर फिलिपिन्सको तटदेखि पनामा सम्म ९ हजार ४५५ माइल चौडा तथा बेरिङ्ग जलडमरु देखि दक्षिण अन्टार्कटिकासम्म १० हजार ४९२ माइल लामो छ । यसको उत्तरी किनारा चाहीँ केवल ३६ माइलको बेरिङ्ग जलडमरुद्वारा उत्तरी ध्रुविय सागरसँग जोडिएको छ ।

प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च हो । त्यसको गहिराई ११ हजार ७ सय ७६ मिटर रहेको छ । यो खाडी फिलिपिन्सको नजिक पर्दछ ।

प्रशान्त महासागरमा झण्डै २० हजार टापुहरु रहेका छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा रहेका टेक्टोनिक प्लेटहरु फैलने र खुम्चिने क्रममा प्रशान्त महासागर हरेक वर्ष झण्डै आधा वर्ग किलोमिटरका दरले खुम्चिँदै गएको छ । प्रशान्त महासागरको यस्तो खुम्च्याई विगत १ करोड ८० लाख वर्षदेखि चलिरहेको छ ।

प्रशान्तको अंग्रेजी नाम प्यासिफिक हो । स्पेनिस भाषामा प्यासिफिकको अर्थ शान्त अर्थात् सौम्य भन्ने हुन्छ । स्पेनिस अनुसन्धानकर्ता फर्डिनेन्ड मेगलनले डुंगाबाट पार गर्ने क्रममा प्रशान्त महासागर शान्त तथा सौम्य भएको हुँदा यसको नाम प्यासिफिक राखेका हुन् ।

प्रशान्त महासागर त्रिभुज आकारको छ । यसको उत्तरी भागमा रहेको बेरिङ जलडमरु घोडाको टाप आकारको छ । ज्वारभाटा त्यहाँको मूख्य विशेषता हो ।

विश्वका ह्वाङ्हो, अमुर, यान्जे, कोलोराडो, मिसौरी तथा युकन लगायतका चर्चित नदीहरु प्रशान्त महासागरमा गएर खस्दछन् ।

पृथ्वीमा रहेका अधिकांस सक्रिय ज्वालामूखीहरु प्रशान्त महासागरीय क्षेत्रमै रहेका छन् जसलाई प्रशान्त अग्नीको रेखा पनि भनिन्छ । यो क्षेत्र अत्यधिक भुकम्प जाने क्ष्ँेत्र पनि हो । पृथ्वीका कूल भूकम्पमध्ये ९० प्रतिशत यहीँ क्षेत्रमा जान्छन् । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment