Comments Add Comment

पतञ्जलिले कोरोनाविरुद्ध भन्दै तयार गरेको औषधि किन विवादित बन्यो ?

पतञ्जलि योगपीठका आयुर्वेदाचार्य र पतञ्जलि कारोबारका कार्यकारी प्रमुख आचार्य बालकृष्णले सबैभन्दा पहिले ११ जुन २०२० मा एक पत्रकार सम्मेलन गरे । जसमा ‘पतञ्जलिले कोरोनाको औषधि बनाएको’ दाबी गरिएको थियो ।

उक्त औषधिबाट शतप्रतिशत नतिजा हासिल भएको समेत बताइएको थियो । अर्थात् जति कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधि परीक्षण गरिएको थियो, उनीहरू निको भए । त्यति मात्र होइन, आचार्य बालकृष्णले भनेका थिए, ८० प्रतिशत संक्रमित त केवल पाँचदेखि ६ दिनभित्रै निको भए । कतिपयलाई भने उक्त औषधिले निको हुन १२ देखि १४ दिन लाग्यो । यद्यपि धेरैमा १४ दिनभित्रमा उक्त औषधिले राम्ररी काम गर्‍यो । उनको दाबी थियो, पतञ्जलिको औषधि कोरोना संक्रमणविरुद्ध शतप्रतिशत सफल रह्यो ।

उक्त सम्मेलनमा आयार्च बालकृष्णले के पनि घोषणा गरे भने ‘आगमी ४–५ दिनमा अर्थात १५-१६ जुन २०२० सम्म हामी यस औषधिका लागि गरिएको व्यापक शोधको क्लिनिकल कन्ट्रोल डाटा विश्वसामु उजागर गर्नेछौं ।’

तर क्लिनिकल कन्ट्रोल डाटा वा क्लिनिकल ट्रायल डाटा त दाबी गरिए झैं पेश गरिएन । तर २३ जुन २०२० मा योगगुरु बाबा रामदेवले केही वैज्ञानिक र आफ्ना सहयोगीका साथ हरिद्वारमा पत्रकार सम्मेलन गर्दै ‘कोरोनाको औषधि’ सार्वजनिक गरे । यसको नाम कोरोनिल हो । दिव्य कोरोनिल ट्याब्लेट ।

बाबा रामदेवले पनि पत्रकार सम्मेलनमा आचार्य बालकृष्णले झैं भने, ‘हामीले यो औषधि तयार गर्नुअघि क्लिनिकल कन्ट्रोल स्टडी गर्‍यौं । साथै, सय जना व्यक्तिमाथि परीक्षण गरियो, जसमा कोरोना पोजेटिभ देखिएका ६५ प्रतिशत रोगीको पाँच दिनमै रिपोर्ट नेगेटिभ आयो । त्यति मात्र होइन, त्यसपछिका सात दिनमा सबै सय प्रतिशत रोगी पूर्ण रुपमा निको भए ।’ बाबा रामदेवको दाबीअनुसार औषधिले शत-प्रतिशत राम्रो नतिजा दिएको छ । पतञ्जलिको दाबीअनुसार उनको यो शोध र परीक्षण जयपुरको नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसद्वारा गरिएको हो ।

तर उक्त औषधि सार्वजनिक गरिएको २४ घण्टा बित्न नपाउँदै भारत सरकारले उक्त औषधिको विज्ञापनमा बन्देज लगाइदियो ।  यता आचार्य बालकृष्णले ट्विट गर्दै औषधिको विश्वसनियताबारे स्पष्ट पारे । उनले सम्बन्धित निकायमा आवश्यक कागजात समेत पठाइदिएको जानकारी गराए । जबकि पतञ्जलीलाई यस किसिमको औषधि बनाउनका लागि कुनै अनुमति नदिइएको बताइन्छ । भारत सरकारले पतञ्जलिलाई इम्युनिटी बुस्टरको औषधि बनाउने इजाजत मात्र दिइएको थियो । जुन ज्वरो र रुघाको औषधि हो । कोरोलिन ट्याब्लेट बनाउनका लागि कुनै इजाजत दिइएको छैन ।

यसरी पतञ्जललिले कोरोनाविरुद्धको भनी ल्याएको औषधि विवादित बन्यो ।

बाबा रामदेव र आचार्य बालकृष्णले हचुवाकै भरमा उक्त औषधिको विश्वसनीयताबारे जसरी दाबी गरेका थिए, के त्यो झूट थियो ? यदि औषधि उनीहरूले भनेजस्तै प्रभावकारी थियो भने त्यसलाई कानुनी अड्चन लगाएर रोकिन्थ्यो होला ?

विश्वका वैज्ञानिकहरू अहिले कोरोना भाइरसविरुद्धको औषधि एवं खोप पत्ता लगाउनेबारे अध्ययन/अनुसन्धानमा जुटिरहेका छन् । यसको ठोस उपलब्धि भने अहिलेसम्म हासिल भएको छैन । यस्तो पृष्ठभूमिमा पतञ्जलिले कोरोनाविरुद्ध जसरी औषधि सार्वजनिक गर्‍यो, त्यसले उनको विश्वसनीयतामा अरू प्रश्न उठाइदिएको छ ।

त्यसो त पतञ्जलिको उत्पादनहरूप्रति औंला ठड्याउनेहरूको जमात पनि सानो छैन । पतञ्जलिलाई झूट सावित गर्नका लागि उनीहरूले अरू मौका पाउनेछन् ।

अहिले पतञ्जलि योगपीठका अनुसार जनवरी २०२० मा उक्त औषधिको शोध सुरु गरिएको थियो । करिब १५५० जडीबुटीको दिनरात अध्ययन गरेर यस औषधि तयार गर्न सफल भएको थियो । पतञ्जलिका १४ जना वैज्ञानिकको टोली विश्वका अन्य ती वैज्ञानिकसँग सम्पर्कमा थिए, जो कोरोना भाइरसविरुद्धको औषधि बनाउने काममा लागेका थिए ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment