१७ मंसिर, काठमाडौं । मेडिकल काउन्सिलमा दार्तावाला चिकितसकले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनमा आफ्नो नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको छ ।
काउन्सिलले चिकित्सकको परिचयलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्नु पेशागत आचारसंहिता विपरीत हुने स्पष्ट पार्दै यस्तो क्रियाकलाप तत्काल रोक्न आग्रह गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि चिकित्सकलाई कम्पनीको प्रचार गर्ने गरी बोर्ड, ब्यानर, पोस्टर, डिजिटल साइनबोर्ड वा ब्रान्डेड सामग्रीमा आफ्नो नाम–फोटो राख्न कानूनत: निषेध छ । यस्तो कार्य ‘कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७’ विपरीत हुन्छ ।’
यस्ता गतिविधि जारी रहेमा ‘कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७’ को बुँदा नं. ९ बमोजिम कारबाही गरिने काउन्सिलले जनाएको छ ।
काउन्सिलले सबै चिकित्सकलाई पेशागत मर्यादा, आचारसंहिता र दायित्वअनुसार व्यावसायिक प्रवर्द्धनबाट टाढा रहन र अनधिकृत प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ ।
प्रतिक्रिया 4