Comments Add Comment

एट्लेटिको मड्रिड विजयी

१४ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ ।  घरेलु मैदानमा एट्लेटिकोले अलाभेजलाई २-१ ले पराजित गरेको हो ।

कोरोनाभाइरस महामारीपछि फेरि सुरु भएको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिकोले शीर्ष चारमा पर्दै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउँदै छ ।

अलेभज विरुद्ध पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि खेलको दोस्रो हाफमा ३ गोल भएको थियो । ५९औं मिनेटमा सउल निगेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । डिएगो कोस्टाले ७३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

अलेभजका लागि जोसेलुले इन्जुरी टाइममा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए ।

जितपछि ३२ खेलबाट ५८ अंक जोड्दै एट्लेटिकोले चौथो स्थानको सेभियासँग अंक दूरी बढाएको छ । समान खेलबाट सेभियाको ५४ अंक छ ।  ३२ खेलबाट ६९ अंकसहित बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment