Comments Add Comment

तामाकोसीमा ठाडो सुरुङको काम सकियो, कात्तिकसम्म उत्पादन थाल्ने योजना

१४ असार, काठमाडौं । दोलखाको लामाबगरमा स्वदेशी लगानीमा निधर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएको छ । करिब ३०५ मिटर अग्लो माथिल्लो पेनस्टक साफ्टको अन्तिम पाइप आइबतार जडान भएको छ । योसँगै आयोजनाकै अर्को महत्वपूर्ण खुडि्कलो पार भएको आयेजनाका उपप्रवन्धक विमल गरुङले जानकारी दिए ।

करिब ३६७ मिटर अग्लो तल्लो पेनस्टक साफ्टको अन्तिम पाइप जडान यसअघि नै गत जेठ महिनामा भइसकेको थियो । माथिल्लो पेनस्टक साफ्टको काम भारतीय कम्पनी टेक्सम्याकलोले गरिरहेको थियो भने तल्लोमा अष्ट्रियन कम्पनी एन्डि्रज हाइड्रो संलग्न थियो ।

ठाडो खनिएको सुरुमा २७ टनसम्मका ५ मिटर लम्बाइका पाइपहरू जडान गनुपर्ने थियो । जसुन काम सुरुमा भारतीय कम्पनीले पाएपनि नसक्ने भएपनि तल्लो सुरुङको काम वार्ताद्वारा अष्ट्रियन कम्पनीलाई जिम्मा दिइएको थियो ।

‘३७० मिटरसम्म माथिबाट एक-एक गर्दै झार्नु आफैंमा अत्यन्त जोखिम त छँदै थियो, त्यसमाथि कुनै बेला वेल्डिङ गर्दा धुँवाको मुस्लोहरू हटाउन कठिनाइ हुन्थ्यो,’ गुरुङ भन्छन् ।

पानी तर्काउन समस्या हुनु, माथिबाट ढुंगा झर्ने डर भइरहनु लगायतका कारण काम निकै जटिल थियो । यो काम गर्दा सानातिनाबाहेक ठूलो दुर्घटना नभएको गुरुङले बताए ।
यी सुरुङ खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनियाँ कम्पनी सिनोहाइड्रोले गरेको थियो ।

अब आयोजनामा तेर्सो सुरुङहरूमा पेनस्टक पाइपहरू जडानको काम बाँकी छ । ग्राउटिङ र लाइनिङका कामा पनि भएका छैनन् । अन्य फिनिसिङका कामसहित प्रेसर टेस्टिङको प्रक्रिया अब क्रमैसँग अघि बढ्नेछ ।

विदेशमा पनि भइरहेको लकडाउनले गर्दा उपकरण आपूर्ति लगायतको कारण काममा केही असर पर्ने अवस्था अझै रहेको गुरुङ बताउँछन् । सहज रुपमा काम अघि बढे यी काम आगामी ३ महिनाभित्र सम्पन्न गर्ने र आगामी असोज वा कात्तिक महिनाभित्र पहिलो युनिट सञ्चानलको लक्ष्य लिइएको छ ।

सरकारले बजेटमार्फत नै यो आयोजना आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment