Comments Add Comment

महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैनः कृषि सचिव

सलहले खासै क्षति गर्दैनः महानिर्देशक पाण्डे

१५ असार, काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण केही समस्या भए पनि धान उत्पादनलाई रोक्नु नहुने बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कृषि अनुसन्धान परिषद्, खुमलटार पुगेका भारीले अनलाइनखबरसँग भने, ‘महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैन ।’

उनले कृषिकलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले धान दिन मनाइएको पनि बताए । भने, ‘सुरक्षित रुपमा धान दिवस मनाउँ, उत्पादन रोक्नु हुँदैन ।’

कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले नेपालमा भित्रिएको सलह किराले धेरै क्षति नगर्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘नेपालमा छिटपुट रुपमा आएका छन्, धेरै संख्या नभएकाले खासै क्षति गर्दैन भन्ने आँकलन गरिएको छ ।’

उनका अनुसार सामान्यतयाः २५ किलोमिटरमा फैलिएर आउने सलह नेपालमा ०.५ किमीभन्दा कममा फैलिएर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment