+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गभर्नरले चार्टर्ड एकाउन्टेन्टलाई भने-वित्तीय सुशासन तपाईंहरुको हातमा छ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १८:५५

१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय सुशासन कायम गर्न चार्टर्ड एकान्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई बुझाएको सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई धेरै विषय थाहा हुने भन्दै अहिलेको विषम परिस्थितिमा वित्तीय सुशासन र सन्तुलन रहने गरि काम गर्न आग्रह गरेका हुन् ।
एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिमा मौद्रकी नीतिमार्फत सहजिकरण गर्न सुझाव दिएका छन् ।

एक्यानका अध्यक्ष आनन्द वाग्लेले कोभिड १९ ले सिर्जना गरेको कठिन परिस्थितिमा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक्यानको प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाएका छन् । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुँजीकृत, ऋणको वर्गिकरण र प्रोभिजनबारे सुझाव दिइएको छ ।

लेखा परीक्षणबारे विद्यमान समस्या र त्यसको समाधानबारे समेत संघले सुझाव दिएको हो । प्रतिवेदनमा राजस्वको अडिट, बैंकहरुको शाखाको अडिट, नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट ओभर ड्राफ्ट लोन लिँदा सिएको सिफारिस चाहिने व्यवस्था ल्याउन समेत माग गरिएको छ ।

सीएहरुसँगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्थाको माग समेत एक्यानले गरेको छ । अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तिमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउन माग गरे ।

उक्त अवसरमा गभर्नर अधिकारीले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई भिन्नै शीर्षक दिएर सम्बोधन गरिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?