Comments Add Comment

गुल्मीमा २१ प्रतिशत धान रोपाइँ

१६ असार, गुल्मी । यस वर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको छ । गुल्मी जिल्लामा असारमै २१ प्रतिशत रोपाइँ भएको छ ।

यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र, गुल्मीले गरेको छ ।

अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गरेको थियो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।

केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ ।

यसवर्ष कोरोना भाइरसको संक्रमणको सर्तकर्ता अपनाउन देसभर लकडाउन भइरहेकाले काम गर्ने जनसक्ती गाउँमै रहेकाले धान उत्पादन वढने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख घिमिरेले बताए ।

गुल्मीमा हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ ।

जिल्लाका धेरै चैते धान हुने खेतहरु सडकका कारण अहिले बाँझो नै छन् । करिव पाँच सय रोपनी खेतमा सडकका कारण चैते रोपाईँ हुँदैन । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

जसमध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धान बाली लगाइँदै आएको छ । ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिँदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा सबैजसो ठाउँमा सिचाईँको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ति बिदेशिँदै जाने गर्नाले ज्याला मजदुरी गर्ने

खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि बढ्दै जान थालेको थियो ।

तर, यसवर्ष धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको छ ।

धान उत्पादन बढाउन सामूहिक रोपाइँ

असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरेर मनाइएको छ । ‘धान उत्पादनमा बृद्धि आत्मानिर्भरता र समृद्धि’ भन्ने नाराका साथ गुल्मीको धुर्कोट गाउँपालिकाको वडा नम्बर ७ को मानेचौरमा धान दिवसको अबसरका सामूहिक धान रोपेर मनाइएको हो ।

कृषि ज्ञान केन्द्र गुल्मी र पनाह मानेचौर बहुउद्देश्यीय कृषि फर्मको आयोजनामा धान दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment